चिनियाँ रक्षामन्त्री फेङघे मंसिर १४ गते नेपाल आउने

चिनियाँ रक्षामन्त्री फेङघे मंसिर १४ गते नेपाल आउने

काठमाडौँ - मित्रराष्ट्र चीनका रक्षामन्त्रीको नेपाल–भ्रमणको मिति तय भएको छ ।

चिनियाँ रक्षामन्त्री वेइ फेङघे यही मंसिर १४ गते नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको हो । उनको नेपाल बसाइको अवधि भने तय भइनसकेको जनाइएको छ ।

यहाँ रहँदा फेङघेले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि दलका शीर्ष नेतालाई भेट्ने कार्यक्रम तय भएको छ । नेपालमा सत्तारुढ नेकपामा विवाद चर्किएका वेला चीनका रक्षामन्त्रीको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।