कान्तिपुरमा कार्यरत ३१ वर्षे पत्रकार गोकर्ण गौतमको निधन

कान्तिपुरमा कार्यरत ३१ वर्षे पत्रकार गोकर्ण गौतमको निधन

काठमाडौँ   - पत्रकार गोकर्ण गौतमको उपचारका क्रममा निधन भएको छ । कान्तिपुर दैनिकमा कार्यरत पत्रकार गौतमको बिहीबार बिहान न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन भएको हो ।

सोमबार बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल) मा भर्ना भएका उनको मष्तिष्कको नशामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्राव भइ उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो ।

उनले अंग्रेजी पत्रिका न्यूपेपर, देशान्तर, नेपाल म्यागजिनमा पनि काम गरेका थिए । गौतमका श्रीमती, आमाबुवा र तीन दाइ छन् । उनको आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि हुने तिमल्सिनाले जानकारी दिए ।