निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो अपलोड गर्ने जोशी पक्राउ

निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो अपलोड गर्ने जोशी पक्राउ

काठमाडौँ - निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो टिकटकमा अपलोड गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–२ टौमढीबाट १८ वर्षीय विशेष जोशी पक्राउ परेका हुन् ।  भक्तपुर प्रहरीका अनुसार टिकटकमा भिडियो अपलोड गरेको आरोपमा जोशीलाई नेपाल प्रहरीको साइबर ब्यूरोको समन्वयमा पक्राउ गरिएको हो ।  

 सार्वजनिक भएको भिडियोमा श्रेष्ठलाई मोटरसाइकलमा रहेको समूहले अपमानजनक शब्द प्रयोग गरी  निकिशामाथि दुर्व्यवहार गरिएको देखिन्छ । भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई घटनाको छानबिन गर्न निर्देशन गर्न पत्राचार गरेको थियो । प्रहरीका अनुसार भिडियो खिच्ने अन्य दुईजना फरार रहेको र खोजीकार्य जारी छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।