नेपाल र बंगलादेशबीच दोस्रो खेल आज

नेपाल र बंगलादेशबीच दोस्रो खेल आज

काठमाडौँ  - नेपाली राष्ट्रिय फुटबल टिमले भोलि बंगलादेशविरुद्ध दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । ढाकास्थित बंगबन्धु रंगशालामा नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार मंगलबार अपराह्न ४ बजेर ४५ मिनेटमा शुरु हुनेछ । पहिलो खेलमा पराजित नेपाल दोस्रो खेल जित्दै मैत्रीपूर्णको सुखद अन्त्य गर्न चाहन्छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग दुई–शून्यले पराजित भएको थियो ।

बंगलादेशविरुद्धको दोस्रो खेलमा रजिन धिमाल मैदान फर्किने छन् । कोरोना पोजेटिभ देखिएपछि धिमालले अघिल्लो खेल गुमाएका थिए । यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ ।