नेपाली राष्ट्रिय फुटबल टीम दोस्रो खेल जित्ने लक्ष्यका साथ तयारीमा

नेपाली राष्ट्रिय फुटबल टीम दोस्रो खेल जित्ने लक्ष्यका साथ तयारीमा

काठमाडौँ  - नेपाली राष्ट्रिय फुबल टिम बंगलादेशसँगको आफ्नो दोस्रो खेलका लागि प्रशिक्षणमा व्यस्त रहेका छन् ।  पहिलो खेलमा २—० गोल अन्तरले पराजित भएको नेपाली टोली दास्रो खेलमा जित्नै पर्ने दबावका साथ प्रशिक्षणमा जुटेको हो । नेपालले आफ्नो अन्तिम खेलका लागि शेख जमल धनमुण्डी मैदानमा प्रशिक्षण गरेको छ । नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पहिलो खेलमा व्यहोरेको हारलाई मध्यनजर गर्दै प्रशिक्षण थालिएको बताउनुभयो ।

पहिलो खेलमा भएका कमीकमजोरीहरुलाई सच्याउने गरी दोस्रो खेलको तयारीमा आफुहरु रहेको उहाँले बताउनुभयो । कोभिडका कारण अभ्यासमा पर्याप्त नभएकाले पहिलो खेलमा पराजित हुनुपरेको उहाँले बताउनुभयो । आगामी खेलमा पहिलो खेलमा देखिएको कमीहरुलाई सच्याउने पनि उहाँले बताउनुभयो ।

खेलाडीहरु पनि दोस्रो खेलका लागि उत्साहित रहेका छन् । टीममा केही नयाँ अनुहार हुनु र कोभिडका कारण पर्याप्त अभ्यास नभएकाले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा नभएको उनीहरुको भनाई छ । शनिबार गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि सबैको नेगेटिभ आएको