खेलक्षेत्र खुला गर्ने सरकारको निर्णयले खेलाडी उत्साहित, प्रतियोगितामा सामेल हुन आतुर

खेलक्षेत्र खुला गर्ने सरकारको निर्णयले खेलाडी उत्साहित, प्रतियोगितामा सामेल हुन आतुर

काठमाडौँ - सरकारले  सुरक्षा मापदण्ड अपनाउँदै खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएसँगै खेलाडी उत्साहित भएका छन् । लामो समयको घरेलु अभ्यासमा दिक्क बनेका खेलाडी नियमित अभ्यासमा फर्किएर प्रतियोगितामा सामेल हुन आतुर देखिएका छन् ।

करिब नौ महिना ठप्प बनेको खेलकुदलाई मन्त्रिपरिषदको पछिल्लो निर्णयले राहत मिलेको छ । सुरक्षा मापदण्ड अपनाउँदै खेलमा फर्किन अनुमति दिएपछि खेल पदाधिकारी र खेलाडी उत्साहित भएका छन् । शुक्रबार बिहान रंगशाला पुग्दा केही व्यक्तिगत स्पर्धाका खेलाडीले अभ्यास गरिरहेका थिए । बक्सिङ प्रशिक्षक तेज बहादुर थापा मगर मन्त्रीपरिषद निर्णयले आफूहरु खुसी भएको बताउछन् । 

खेलाडी हरुपनि नियमित खेलकुद गतिविधिले खेलकुदमा उत्साह मिलेको र आउँदा दिनमा मेहनत गरेर राष्ट्र र व्यक्तिगत रुपमा सफलता हात पार्ने दावि गर्छन । सरकारको निर्णयले पुरानो अवस्थामा फर्किनका लागि कुनै संकोच नहुनेमा उनीहरु ढुक्क छन् ।  पुरानो लयमा फर्किन सरकारले खेलाडीका लागि वातावरणदेखी सबै पूर्वाधार व्यवस्था गर्नु पर्ने  उनिहरुको माग छ । 

केहि खेलकुद गतिविधि सञ्चालनमा आए पनि  अझै धेरै खेलकुद गतिविधि सञ्चालन हुन बाँकी नै छन् । तर त्यती सहज अवस्था भने छैन । फागुनमा तय भएको नवौं राष्ट्रिय खेलकुद गतिविधि लगाएतका अन्य प्रतियोगिता तपशिल नै  छन् । त्यसका लागि गर्नु पर्ने तयारीका लागि पनि सरकारले छिट्टै पहल गर्नु पर्ने देखिएको छ ।