विनायक सिद्ध कलेजको स्पोट्स ब्राण्ड एम्बेस्डरमा अविषेक रिजाललाई चयन

विनायक सिद्ध कलेजको स्पोट्स ब्राण्ड एम्बेस्डरमा अविषेक रिजाललाई चयन

काठमाडौँ  - काठमाडौंको शैक्षिक हबको रुपमा चावहिलस्थितमा विनायक सिद्ध कलेजले शैक्षिक संस्थाहरुसँग मैत्रीपूर्ण प्रतिस्पर्धाहरु गराउँदै आफ्नो छुटै पहिचान बनाउन सफल भएको छ ।

यसैबीच, विनायक सिद्ध कलेजको स्पोट्स ब्राण्ड एम्बेस्डर मा फुटबलर अविषेक रिजाललाई चयन गरिएको छ । त्यस्तै फुटबल खेलाडीहरु नेपाल पुलिस क्लबका कप्तान तथा मिडफिल्डर हेम तामाङ, एनआरटिका कप्तान विक्रम धिमाल, मछिन्द्र क्लबका रेजिन सुब्बा, पुलिस क्लबका रोशन खड्का, मानबहादुर तामाङसँगै युवराज राईको रोजाइमा पनि विनायक सिद्ध कलेज नै परेको छ ।

सो कलेजमा यस भन्दा अगाडिका बर्षहरुमा पनि नेशनल प्लेयरहरु आशिस लामा, सुरज ठकुरी, आदिल हमिद, सुमित आले लगाएत धेरै फूटबल खेलाडी र १३ औँ एसियन गेमका गोल्ड मेडलिष्ट पुनम श्रेष्ठ एन्फा रेफ्री हरिश कार्की, सपन बस्नेतसँगै रोबिन बुढाथोकी तथा कन्चन तिमिल्सिना लगायतले पनि अध्ययन गरिरहेका छन् ।

माध्यमिक शिक्षा अन्तर्गत प्रोग्रेसिभ मावि र त्रिभुवन विश्वविद्यालय अन्तर्गत विनायक सिद्ध कलेजमा हाल १७०० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

सो कलेजमा कक्षा १२ को तहमा व्यवस्थापन, मानविकी, कानुन, शिक्षा र स्नातक तहमा व्यवस्थापन लगायतका त्रिविको विभिन्न कोर्षहरु सञ्चालन गरिरहेको कलेजले जानकारी दिएको छ ।

विनायक सिद्धको व्यवस्थापन, शिक्षण सिकाइ क्रियाकलापका साथ साथै विद्यार्थीहरुको चैतर्फी विकासका लागि कलेजले निर्वाह गर्नुपर्ने भूमिका प्रति कलेज प्रतिबद्ध रहेको क्याम्पस प्रमुख रामकृष्ण सिंखडाले बताए ।