पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे आफ्नै कार्यकर्ताद्धारा लखेटिए

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे आफ्नै कार्यकर्ताद्धारा लखेटिए

काठमाडौँ  - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई आफ्नै कार्यकर्ताले लखेटेका छन् । गुटको भेला गर्दै केपी ओली विरुद्ध विषवमन गर्दै हिडि रहेका पार्टी स्थायी कमिटीका सदस्य पाण्डेलाई चितवनका युवा नेताहरु सुरज थपलिया र केदार आचार्यले गरेका थिए । विरेन्द्र नगर आफ्नै निवास छेउमा राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा पाण्डेलाई आफ्नै कार्यकर्ताले आज लखेटेका हुन् । विकास निर्माण तथा संसद विकास कोषको विषयमा छलफल गर्ने भनि भनेको तर विकास निर्माणको एक शब्द पनि उल्लेख नगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली विरुद्ध अनौतिक शब्दहरु प्रयोग गरेकाले कार्यकर्ताले लखेटेका हुन् ।

पाण्डेले प्रधानमन्त्री केपी ओलीविरुद्ध अनावश्यक आक्षेपहरु समेत लगाएको एक कार्यकर्ताले भन्दै कार्यकर्ताले कार्यक्रम स्थलबाट बोल्नै नदिई लखेटेका हुन् । मदन भण्डारीलाई चिनजान गराईदिने, राधिका शाक्यसँग विवाह समेत आफैंले गराईदिएको, सत्ताको दुरुपयोग, भ्रष्टाचार, अनियमितता गरेकोलगायतका तथ्यहिन आरोपमात्र नभई लज्जास्पद अभिव्यक्तिसमेत दिई जनता तथा कार्यकर्तालाई झुटा कुरा बोलेकाले पाण्डेलाई लखेट्न बाध्य भएको एक कार्यकर्ताको बताए ।