जाडोमा झन् चम्किन्छ कोरोना, सचेत रहन विज्ञको सुझाव

जाडोमा झन् चम्किन्छ कोरोना, सचेत रहन विज्ञको सुझाव

काठमाडौँ -  नेपालमा  जाडो मौसम नजिकिँदै छ । गर्मी मौसममा समेत संक्रमण नरोकिएकाले जाडोयाममा झन् बढ्न सक्ने चिन्ता शुरु भएको छ । तर, विज्ञहरूले पनि जाडो मौसममा कतिसम्म असर पार्छ भन्ने तथ्य नभए पनि  संक्रमण भने बढ्न सक्ने विज्ञहरु बताउँछन ।

मौसम परिवर्तन हुने समयमा प्रायः मानिसलाई ज्वरो र रुघाखोकीको समस्या हुने गरेको छ । विगतमा जस्तै चिसो बढ्दै जाँदा मानिसहरूमा रुघाखोकीको समस्या धेरै देखिन थालेको छ । कोरोना र रुघाखोकीको लक्षण झट्ट हेर्दा उस्तै देखिने भएकाले धेरै अन्योलमा रहने गर्छन् । जाडो मौसममा संक्रमणको जोखिम बढी रहने भएकोले कोरोना भाइरस संक्रमणको  जोखिम बढ्नसक्ने विज्ञ बताउँछन् ।

श्वासप्रश्वासमा असर पार्ने भाइरस जाडो मौसममा बढी देखिन्छ । मौसम चिसो हुँदा स्वास्थ्यमा अन्य समस्या देखिने, भाइरस शरीरबाहिर र भित्र लामो समयसम्म बाँच्नसक्ने कारण कोरोना भाइरसे महामारी थप फैलिने सक्ने विज्ञ बताउँछन् । 

चिसो मौसममा शरीरमा भाइरससँग लड्ने क्षमता कम हुन्छ । त्यसैले यस्तो अवस्थामा आफैँ सर्तक रहन आवश्यक छ ।