सरकारले यो वर्ष भेटेन योग्य खेलाडी, पदाधिकारीलाई मात्रै पदक

सरकारले यो वर्ष भेटेन योग्य खेलाडी, पदाधिकारीलाई मात्रै पदक

काठमाडौँ - धेरै विधाका मानिसलाई सरकारले संविधान दिवसको अवसर पारेर विभुषित ग¥यो । तर नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)का केही पदाधिकारी विभूषित हुँदा खेलाडी भने उपेक्षामा परेका छन् ।

संविधान दिवसको अवसर पारेर सरकारले विभिन्न क्षेत्रका व्यक्तिलाई मानपदवीले विभूषित ग¥यो । खेलकुद क्षेत्रका केही व्यक्ति पनि पदक पाउने सूचीमा परे । तर पदाधिकारी विभूषित हुँदा खेलाडी भने पदकबाट विमुख रहे । 

राष्ट्रिय खेलकुद परिषद्ले १३ औँ सागका ५१ स्वर्ण पदक विजेता र १७ प्रशिक्षकलाई पदकका लागि सिफारिस गरेको थियो । तर सरकारको नजरमा एक जना पनि पदक पाउन लायक देखिएनन् । राखेप सदस्यसचिव रमेशकुमार सिलवाल भने सुप्रबल जनसेवा श्री तृतीयका लागि योग्य देखिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) का अध्यक्ष दीपक श्रेष्ठ गणतन्त्र आएपछि नेपाली खेलकुद क्षेत्र झन् उपेक्षामा परेको दाबी गर्छन् ।

नेपाली कांग्रेसले पनि खेलमै जीवन समर्पण गरेर राष्ट्रका लागि पदक दिलाएका खेलाडीको अपमान गरेको प्रतिक्रिया दिएको छ । कांग्रेस खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत यो विषयमा सचेत हुन सरकारलाई आग्रह गर्छन् ।

सरकारको गुणगान गाउने र मन्त्री तथा सचिवका आसेपासेले मात्र पाएको भन्दै पदक वितरणको आलोचना भइरहेको छ । राष्ट्रको गरिमा राख्ने एकजना खेलाडी पनि सूचीमा नपर्नुले पदक वितरणमा अपनाइएको प्रक्रिया प्रष्ट हुन्छ । त्यसैले राज्यले दिने मानपदवी तथा पदकलाई आगामी दिनमा ओजपूर्ण र विवादमुक्त बनाउन जरुरी छ ।।