डिसहोमले ल्यायो दशैँ अफर : २४ महिना रिचार्जमा डबल धमाका

डिसहोमले ल्यायो दशैँ अफर : २४ महिना रिचार्जमा डबल धमाका

काठमाडौँ - डिशहोममा डिलर दाइको डिस्काउन्ट अफर दशैँमा पनि जारी रहने भएको छ । यसै अफरलाई डिशहोमले बडादशैंको उपलक्ष्यमा पनि निरन्तरता दिँदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ ।

यस अफरमा डिलर दाइमार्फत फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा विक्ली लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुने कम्पनीले जनाएको छ । साथै दुई वर्षे रिचार्जमा विक्ली लक्की ड्रमा डबल मौका प्राप्त हुनेछ। हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति रु एकरएक लाख नगद उपहार यस अफरमार्पmत जित्ननेछन् ।

विक्ली लक्की ड्रको विजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको क्यास आईडीको आधारमा गरिन्छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नं। १०० र रमाईलो टिभीमा लक्की ड्रको प्रत्यक्ष प्रसारण हुन्छ ।

अनलाइनमार्फत ५ हजार वा सोभन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराइने कम्पनीले जनाएको छ ।