यी हुन् ५०० भन्दा बढी कोरोना संक्रमित रहेका ९ जिल्ला

यी हुन् ५०० भन्दा बढी कोरोना संक्रमित रहेका ९ जिल्ला

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कूल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालका ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् । मोरङ, सिराहा, सुनसरी, मकवानपुर, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा ५०० भन्दा बढी संक्रमित रहेका छन् ।