काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज

काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज

काठमाडौँ   - नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । मंगलबार साँझबाट ओम अस्पताल भर्ना भएका कोइराला स्वास्थ्यमा सुधार आएपछि शनिबार डिस्चार्ज भएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

कोइराला भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएका कोइरालाको शुक्रबार (हिजो) गरिएको पिसिआर रिपोर्ट पनि पोजेटिभ नै आएको छ ।  तिवारीका अनुसार स्वास्थ्यमा सुधार भइसकेकाले एक हप्ता होम आइसोलेशनमा बस्ने गरी उनलाई हस्पिटलबाट डिस्चार्ज गरिएको हो । 

कोइरालालाई निमोनियाको शंका लागेपछि मंगलबार साँझबाट प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा उपचार गरिएको थियो ।