नेपाल रत्नबाट सुशोभित गर्ने व्यक्ति राज्यले यसवर्ष भेटेन्

नेपाल रत्नबाट सुशोभित गर्ने व्यक्ति राज्यले यसवर्ष भेटेन्

काठमाडौँ  - सरकारले यस वर्षको संविधान दिवसमा नेपाल रत्नबाट कसैलाई पनि सुशोभित नगर्ने भएको छ । अघिल्ला वर्षहरुमा संविधान दिवसको दिन सबैभन्दा उच्चस्तरको नेपाल रत्नबाट सरकारले बिभिन्न व्यक्तित्वलाई सम्मान गर्दै आएको थियो । तर यस वर्षको संविधान दिवसको दिन मानपदवी, अलंकार र पदक पाउनेहरुको नामावलीमा नेपाल रत्न पाउने व्यक्तिको नाम छैन ।

अघिल्लो वर्ष सरकारले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठलाई मरणोपरान्त नेपाल रत्न प्रदान गरेको थियो । सरकारले यस वर्षको संविधान दिवसको दिन वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई सु प्रसिद्ध प्रबल जनसेवा श्री प्रथम मानपदवी प्रदान गर्ने निर्णय गरेको छ । हजारौं नेपालीको आँखाको ज्योती फर्काएका डाक्टर रुइत तिलगंगा आँखा अस्पतालका निर्देशक हुन् । उनी सन् २००६ मा रोमन म्यागासेसे पुरस्कारबाटस मेत सम्मानित भएका थिए ।