गण्डकी प्रदेशमा ६६ जना कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा ६६ जना कोरोना संक्रमण पुष्टि

काठमाडौँ  -  गण्डकी प्रदेशमा शनिवार ६६ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । नयाँ संक्रमित थपिनेमा सबैभन्दा बढी पूर्वी नवलपरासी रहेको छ । पूर्वी नवलपरासीमा मात्रै शनिवार ४५ जना संक्रमित थपिएका छन् । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका ३४ जना, हुप्सेकोट गाउँपालिकाका ९ जना र बुलिङटार गाउँपालिकाका २ जना रहेका छन् । हुप्सेकोट गाउँपालिकाकी एक जना महिला स्वास्थ्य स्वयंसेविका रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यसैगरी, कास्कीको पोखरा महानगपालिकाका १३ जना नयाँ संक्रमित थपिएका छन् । पोखरा महानगरपालिका–४ का ४१ बर्षीय पुरुष पोखरा विश्वबिद्यालयमा कार्यरत चिकित्सक हुन् ।

यस्तै, पर्वतका २ जना संक्रमित मध्ये १ महिला र १ पुरुष छन् । एक जना पुरुष भने नेपाली सेनामा कार्यरत हुन् । निर्देशनालयकाअनुसार स्याङजा फेदीखोलाका १ पुरुष र वालिङका १ महिला तथा लमजुङको मध्यनेपाल ६ का १ पुरुषमा पनि शनिवार कोरोना संक्रमण पुष्टी भएको छ भने तनहुँका थप ३ जनामा संक्रमण देखिएको छ ।