अध्यक्षद्धारा सुत्केरीलाई मरणासन्न हुनेगरी कुटपिट (भिडियोसहित)

अध्यक्षद्धारा सुत्केरीलाई मरणासन्न हुनेगरी कुटपिट (भिडियोसहित)

काठमाडौँ  - डोल्पाको छार्का ताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले गाउँकी ६ महिने सुत्केरीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन्  । भ्रष्टचार र हिनामिनामा मुछिएको आरोप लागेका गुरुङ र उनका सहयोगीले सुत्केरी महिलासहित ६ जनालाई कुटपिट गरेका हुन् ।

विद्यालय छाउन ल्याइएको जस्तापाता गाउँपालिका अध्यक्ष गुरुङले व्यक्तिगत परियोजनामा लान खोजेपछि गाउँलेले भेला बोलाएका थिए । भेलामा समयमै नआएका गुरूङ अचानक १२–१३ जना व्यक्तिसहित गुण्डागर्दीशैलीमा आएर हातपात गरेको स्थानीयको आरोप छ ।