अर्थनीति

सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो



काठमाडौँ – सुनको मूल्य आज तोलामा ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ तोकिएको छ।

यसैगरी आज चाँदीको मूल्य तोलामा एक हजार ३४५ रुपैयाँ कायम भएको छ। सोमबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्‍य मंगलबार ९२ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।