कोरोना विशेष

मृतकको संख्याले खतराको तह पार गरिसक्यो : दैनिक दोब्बरको मृत्यु कसरी हुदैँछ ?

अक्सिजन नपाएरै मरेका हुन त ?


काठमाडौँ – पछिल्लो समय नेपालमा कोरोनाको संक्रमण र मृत्युदर आक्रमक रुपमा बढ्दै गएको छ । तर, सरकारले नागरिकको जीवन रक्षाको लागि कुनै तत्परता देखाउन सकेको छैन । सरकारको कमजोर तयारी र नागरिकको लापर्वाहीले पनि कोरोनाको संक्रमित र मृतकको संख्या अझै बढ्ने खतरा छ ।

कोरोनाको पहलो लहरमा संक्रमितको संख्या बढे पनि मृतकको संख्या भन न्यून थियो । तर, दोस्रो लहरमादिनप्रति दिन संक्रमित र मृतकको संख्या आक्रमक रुपमा बढिरहेको छ । गत बैशाख १४ गते देखि २२ गते सम्म ३ सय आठ जनाको मृत्यु थियो । १४ दिनमा कोरोना संक्रमितबाट ज्यान गुमाउनेको संख्या ६ सय ५६ पुगेको छ । अहिले संक्रिय संक्रमितको संख्या ९३ हजार १४१ रहेको छ । यता स्वास्थ्य विज्ञहरु भने कोरोना पूर्वधार,परिक्षण,अक्सिजन,भेन्टिलेटलगायतको तयारी कमजोर भएको कारण अहिले यस्तो अवस्था आएको बताउछन् ।

अहिले अस्पतामा प्राय सिकिस्त भएका संक्रमितहरु जाने गरेकोले उनीहरुलाई आसियु र भेन्टिलेटर अतिआवश्यक हुन्छ । तर, कतिपय सिकिस्त भएका कोरोना संक्रिमितले आइसियु र भेन्टिलेटर नपाएका कारण अकालमा ज्यान गुमाउन बाध्य भएको विज्ञहरु बताउँछन् ।

रोकथाम तथा नियन्त्रणमा ध्यान नदिने सरकार र लापरबाही गर्ने सर्वसाधारणका कारण कोरोना संक्रमण फैलिइरहेको देखिएको छ । अझै पनि यो प्रवृत्तिले निरन्तरता पाउँने हो भने स्थिति थप भयावह हुने देखिन्छ । त्यसैले अहिलेको यो संकटको अवस्थामा नागरिक र सरकार दुवै पक्षगम्भिर बन्न जरुरी छ ।