राजनीति

माधव पक्षको सहयोगमा सरकार बनाउने कांग्रेसको निर्णय


काठमाडौँ – नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि जसपासँगै नेकपा एमालेको असन्तुष्ट पक्षको सहयोग खोज्ने भएको छ । मंगलवार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले राष्ट्रपतिले दिएको समयभित्र सिंगै जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोसिस गर्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले बताउनुभयो ।

बैठकपछि महतले भने, ‘समग्रमा जसपा एकजुट भएर यो अभियानमा सामेल होस् भन्ने हामी चाहान्छौं । माधवजीहरुको पनि सहयोग जुटाउने कोसिस हुन्छ ।’
माओवादीले कांग्रेस नेतृत्वमा सरकार बनाउन समर्थन जनाइसकेको र उपेन्द्र यादव पनि त्यसमा सहमत रहेको महतले बताउनुभयो । सकेसम्म जसपा सिँगै साथमा लिने प्रयास हुने भन्दै उनले भने–हामीलाई पर्सिसम्मको समय छ । एमालेमा पनि माधवजीहरुले केही निर्णयमा पुग्नुहुन्छ । जसपमा सिंगै हाम्रो पक्षमा आउने प्रशस्त सम्भावना छ । यो प्रयत्नलाई जारी राख्छौं । बहुमत जुटाउन बाहिर अरु तरिका पनि छन् ।