देश

भारतको रोजाइ केपी ओली : सुब्रमन्यम स्वामी


काठमाडौँ – भारतीय जनता पार्टी (भाजपा)का नेता सुब्रमन्यम स्वामीले भारतको रोजाइ प्रधानमन्त्री केपी शर्मा ओली भएको बताएका छन् । स्वामीले ट्वीट गर्दै भारतको रोजाइ नै केपी ओली भएको बताएका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्ने दाबीसमेत गरेका छन् । नेपालमा नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला भाजपा नेताले यस्तो बताएका हुन् ।