बिजनेस

साताको दोस्रो दिन नेप्सेमा सुधार


काठमाडौँ – साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली शेयर बजार मापक नेप्से परिसुचक १ दशमलव ०५ प्रतिशत बढेको छ । सोमबार समग्र शेयर कारोबार मापक नेप्से २७ दशमलव ४१ अंक बढेर २ हजार ६४५ दशमलव ८५ विन्दुमा पुगेको हो ।

नेप्से परिसूचक बढेपनि कारोबार रकम भने ४ अर्ब २० करोड ३८ लाखमा खुम्चिएको छ । २१८ कम्पनीको ५१ हजार २३५ पटकको कारोबारमा ७५ करोड ७९ लाख ३ कित्ता शेयर यो दिन खरिद विक्री भएको हो ।

सोमबारको कारोबार रकममा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । यस कम्पनीको २७ करोड ४ लाख २७ हजार बराबरको शेयर कारोबार भएको हो । यो दिन कारोबारमा आएका सबै समूहगत परिसूचक बढेका छन् ।