राजनीति

लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका निर्वाचन अधिकृत नियुक्त


काठमाडौँ – निर्वाचन आयोगले लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी जेठ १७ गते सोमबारको दिन हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरिएको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा दाङ जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश रीतेन्द्र थापालाई वैशाख २८ बाट लागू हुने गरी निर्वाचन अधिकृत पदमा नियुक्त गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले निर्वाचन अधिकृत नियुक्त गर्नेबारे आज (सोमबार) निर्णय गरेको हो ।