खेलकुद

एट्लेटिको र बार्सिलोनाको खेल बराबरी, उपाधि होड रोमाञ्चक बन्दै


काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा एट्लेटिको मड्रिड र बार्सिलोनाले बराबरी खेलेका छन्। उपाधि होडमा रहेको दुवै टिमले गोलरहित बराबरी खेल्दा अंक बाड्न बाडेका छन् ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सम्पन्न खेलमा बार्सिलोनाले अधिक समय बलमा पकड बनाए पनि गोलका अवसर सदुपयोग गर्न नसक्दा गोलरहित बराबरीमा रोकिएको हो। यस खेलबाट नै उपाधि उचल्लने टिम तय हुने आशा गरिएकोले पनि यो खेललाई महत्वपूर्ण मानिएको थियो ।

यो बराबरीपछि ३५ खेलका साथ ७७ अंक बनाएको एट्लेटिको मड्रिड शीर्षस्थानमा छ भने ७५ अंक भएको बार्सिलोना दोस्रो स्थानमा छ। एक खेल कम खेलेको रियल भने ७४ अंकका साथ तेस्रो स्थानमा छ। दुवै टिमले बराबरी खेल्दै अंक बाड्दा यसको प्रत्यक्ष फाईदा उपाधि होडमा रहेको अर्काे टिम रियल मड्रिडलाई परेको छ ।

लिगको तीन खेल मात्र बाँकी रहदाँ उपाधि भिडन्त अझै कसिलो बन्दै गएको छ। पछिल्लो सिजनको उपाधि रियलले जितेको थियो भने बार्सिलोनाले अन्तिम पटक २०१८ मा लिग उपाधि जितेको थियो। एट्लेटिकोले भने २०१३ मा उपाधि जितेको थियो ।