गण्डकी प्रदेश

एक दिन बढी मन्त्री भएछु : दीपक मनाङ्गे


काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो पदबाट राजीनामा दिएसँगै गत वैशाख १६ गते शपथ खाएका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङ्गेको पनि पद गएको छ । मनाङ्गे ११ दिन मन्त्री बनेका छन् ।
राजनीतिक खिचातानीकाबीच वैशाख १६ गते उनले शपथ ग्रहण गरेपछि उनले यो सरकार १० दिन पनि नरहन सक्ने टिप्पणी गरेका थिए ।

मनाङ्गेले आफू १० दिन मन्त्री बन्ने भनेको तर एक दिन बढी मन्त्री बनेको बताउनुभएको छ । “मैले १० दिन भनेको थिएँ, ११ दिन भयो । अब जो मान्छे आउँछ उसैले गर्छ नि,” उनले भने ।