राजनीति

लुम्बिनीका एमाले प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले दिए राजीनामा


काठमाडौँ – लुम्बिनी प्रदेश सभाका सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार प्रदेश सभाका सभामुखलाई राजीनामा बुझाउनु भएको छ ।

राजीनापत्रमा डाँगीले प्रधानमन्त्री केपी ओली र प्रदेश सरकारप्रति आफू असन्तुष्ति रहेको उल्लेख गरिएको छ । उहाँले सत्ताका नाममा राजनीतिक खिचातानी भएको भन्दै आराम गर्न चाहेको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले जनाउनु भयो ।
डाँगी दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्थ्यो । सांसद डाँगी वैशाख १९ गते एमाले संसदीय दलको बैठकमा अनुपस्थित हुनुभएको थियो ।