अर्थनीति

डिभोर्सपछि विश्वकै धनी महिला बन्दै बिल गेट्सकी पत्नी, अहिलेसम्मकै महंगो सम्बन्ध विच्छेद


काठमाडौँ – झन्डै डेढ दशक विश्वका धनाढ्यको सूचीमा शीर्ष स्थानमा रहिसकेका बिल गेट्स र पत्नी मेलिन्दा गेट्सको सम्वन्ध बिच्छेद घोषणाले संसारलाई चकित तुल्याएको छ । गेट्स दम्पत्ती छुट्टिँदा मेलिन्दाले आधा सम्पती पाउने भएकी छिन् । जुन अहिले सम्मकै महङ्गो सम्वन्ध बिच्छेद हुनेछ ।
केही दिन अघि विश्वकै धनी बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सले सम्बन्धविच्छेद गरे । यो जोडीले विवाह बन्धनमा बाँधिएको २७ वर्षपछि सम्बन्धविच्छेद गरेका हुन् । तर विश्वका धनी बिल गेट्स को सम्पती लाई लिएर यतिवेला चर्चा हुन थालेको छ । सम्बन्धविच्छेदका लागि मेलिन्डाले वासिङ्टनस्थित किङ काउन्टी उच्च अदालतमा दायर गरेको निवेदनमा पतिको सम्पत्तिको आधा हिस्सा माग गरिएको छ । यो मागमा अदालतले मिलिन्डाको पक्षमा फैसला गर्यो भने यनि विश्वकै दोस्रो धनी महिला बन्ने छिन । उनले बिल गेट्सको कुल सम्पत्ति १४६ बिलियन डलरको आधा ७३ बिलियन डलर पाउनेछिन् । विश्वको सबैभन्दा धनी महिला फ्रेङ्कोइस बेटेनकोर्ट मायर्सको सम्पत्ति ८३ बिलियन डलर रहेको छ । वासिङ्टनको कानुनानुसार पनि सम्बन्धविच्छेद गर्ने दम्पतीले सम्पत्ति बराबर भाग लगाउनुपर्ने हुन्छ । उनीहरुले विवाहपूर्व सम्पत्तिको स्वामित्वसम्बन्धी सम्झौतामा हस्ताक्षर नगरेकाले पनि मेलिन्डाको पक्षमा फैसला हुने बुझिएको छ । बिल गेट्स विश्वका धनीहरुको सूचीको चौथो स्थानमा छन् । यद्यपि, उनले ठूलो रकम दान नगरेको भए अझै विश्वका धनीहरुको शीर्ष स्थानमा रहने थिए । उनले आफ्नो सम्पत्तिबाट ४० बिलियन डलर विल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनलाई दान गरेका छन् । यो फाउन्डेसनले विश्वका गरिब देशहरुमा शिक्षा, स्वास्थ्य र लैंगिक समानताका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । आफूहरुले फरक यात्रा तय गरे पनि फाउन्डेसनको परोपकारी काममा भने सहकार्य गरिरहने उनले बताएका छन् । यसअघि, अमेजनका मालिक जेफ बेजोस र मेकेन्जीको डिभोर्सलाई विश्वकै सबैभन्दा महँगो ठहर गरिएको थियो । बिल गेट्स र मिलिन्डा गेट्स एक छोरा र दुई छोरीका आमा–बुवा हुन् । छोराको नाम ररी र छोरीको नाम जेनिफर र फियोबी हो । गेट्स दम्पतीले सन् २०१७ मा उनका प्रत्येक सन्तानलाई पैतृक सम्पत्तिको १० मिलियन डलर मात्रै दिइने बताएका थिए । अर्थात् तीनै सन्तानलाई कूल ३० मिलियन डलरको सम्पत्ति दिइनेछ । यो बिल गेट्सको कूल सम्पत्तिको १ % भन्दा पनि कम हुन आउँछ । बिल र मिलिन्डाले उनीहरुको कूल सम्पत्तिको ९५ प्रतिशत हिस्सा समाजसेवाका लागि दान दिइने घोषणा गरिसकेका छन् ।