गण्डकी प्रदेश

राष्ट्रपतिज्यूलाई मुरी–मुरी धन्यवाद : अमिक शेरचन


काठमाडौँ – गण्डकी प्रदेशको प्रमुखबाट हटाइएका अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मुरी–मुरी धन्यवाद दिएका छन् ।
आज पोखरामा पत्रकार सम्मेलन गर्दै शेरचनले अधिकारविहीन खुला जेलबाट पदमुक्त गरिदिएकोमा राष्ट्रपति मुरी–मुरी धन्यवाद व्यक्त गरेका हुन् ।

सरकारले माओवादी केन्द्रका नेता शेरचनलाई गण्डकी प्रदेशको प्रमुखबाट सोमबार हटाएको थियो । सो पदमा एमाले नेता सीता पौडेललाई नियुक्त गरिएको छ । आफू पदमुक्त भएको जानकारी मिडियामार्फत् पाएको बताउँदै उनले पदमा रहँदा कुनै असंवैधानिक काम नगरेको जिकीर गरे ।

शेरचनले आफू पद जोगाउन अनेक खेल खेल्ने व्यक्ति नभएको उल्लेख गर्दै नेता शेरचनले आफू सधैं मार्क्सवाद र श्रमजीवी वर्गको इमान्दार योद्धा भएको बताउनुभयो । यस क्रममा शेरचनले प्रदेश प्रमुख भएर काम गर्दा सहयोग र सम्मान गर्ने सबैप्रति आभार पनि प्रकट गरेका छन् ।