मनोरञ्जन

चर्चा बटुल्दै यज्ञको ‘मायालाई पुरस्कार खाली जोवान’


काठमाडौँ – पछिल्लो समय लोकप्रिय गीतहरु बजारमा ल्याएर चर्चा कमाएका लोक दोहोरी गायक यज्ञ बिकले नयाँ गीत सार्वजनिक गरेका छन् ।
गायक बिकले ‘मायालाई पुरस्कार खाली जोवान’ बोलको गीत बजारमा ल्याएर पुनः बजार तताएका हुन् । उनको गीतलाई युट्युवमा निकै रुचाईएको छ । आफ्नै यज्ञ विक नामको युव्टुव च्यानलमार्फत सार्वजनिक गरिएको गीतलाई करिब डेढ लाखले हेरेका छन् । जुन विस्तार शिखर चढ्दै छ ।
उसो त, उनी मौलिक गीत गाउन र सृजना गर्न रुचाउने गायक तथा सर्जक हुन् । बिगत लामो समयदेखि नेपाली गीत संगीतमा अनवरत रुपमा लागि परेका यज्ञले सयौं गीतमा आवाज दिइसकेका छन् । जसमध्ये उनका दर्जनौं बढी गीतहरू दर्शक स्रोता माझ लोकप्रिय पनि छन् ।

गीतमा यज्ञ र लोकप्रिय गायिका शान्तीश्री परियारको सुमधुर आवाज रहेको छ । हालै बजारमा रिलिज भएका गीतहरू मध्ये एकदमै पृथक गीतमा प्रह्लाद सुवेदीले शब्द लेखेका हुन् । गीतमा यज्ञकै मेलोडियस संगीत रहेको छ ।

भिडियोमा पछिल्लो समयका व्यस्त र लोकप्रिय नायक पल शाह र मोडल यमुना रसालको अभिनय छ । पल र यमुनाको दमदार नृत्यले सबैको ध्यान खिचेको छ । भिडियोमा परिकल्पना तथा निर्देशन सुनिल क्षेत्रीको छ । भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् । सम्पादननवीन घर्ती मगरले गरेका छन् ।