कोरोना विशेष

निषेधाज्ञा थप कडाइ गर्ने सीसीएमसीको निर्णय

सार्वजनिक निर्माणका सम्पूर्ण काम बन्द गर्न निर्देशन


काठमाडौँ – कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी)ले निषेधाज्ञा लागु भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको बैठकले नेपालको भारततर्फ खुलेका ३५ नाकाहरु मध्ये १३ वटा मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको हो । बाँकी २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । यस्तै बैठकले निषेधाज्ञा लागु भएका जिल्लाहरुमा एक चौथाइ कर्मचारीहरु राखेर कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । यो निर्णय सँगै सरकारी कार्यालय र बैक वित्तिय संस्थाका थोरै कार्यालय मात्र खुल्नेछन् । यस्तै बैठकले संघीय मन्त्रीलाई प्रदेश समन्वय गर्नेगरी खटाउन मन्त्रीपरिषद्मा सिफारिस पनि गरेको छ । यसका साथै बैठकले सार्वजनिक निर्माणका सम्पूर्ण काम बन्द गर्ने निर्णय पनि गरेको छ । यदि निर्माण कार्य सुचारु गर्ने भए कामदार कर्मचारीलाई निमार्ण स्थलमा नै राख्नुपर्नै छ । नीजि अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय पनि बैठकले गरेको छ । विदेशबाट नेपाल आएका विदेशीले क्वारेन्टाइन बस्न अनिवार्य गर्ने र नमाने डिपोट गर्ने पनि निर्णय गरेको छ । क्वारेन्टाइनको रुपमा रहेका होटलहरुलाई थप ब्यबस्थित गर्ने निर्ण गरेको छ ।