फोटो फिचर

सिन्धुपाल्चोकको ओख्रेनीमा ध्यान केन्द्र निर्माण (फोटोफिचार)


काठमाडौँ – सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका – ८ स्थित ओख्रेनीमा गुरु खण्डो ल्हाखाङ (गुम्बा) ध्यान केन्द्र निर्माण गरिएको छ ।

विहिबार विशेष पुजासहित खेन्पो ङवाङ लडुप शेर्पाले गुम्बाको उद्धघाटन गर्नुभयो । शेर्पा समूदायको बसोवास रहेको ओख्रेनीमा विभिन्न गुम्बा तथा बौद्ध स्तुपाहरु छन् । यस क्षेत्रमा बौद्ध धर्मावलम्बीहरु र पर्यटक समेत उल्लेख्य मात्रामा आउने गरेकाले ध्यान केन्द्रको पनि निर्माण गरिएको कार्यक्रम संयोजनक नुर्वु शेर्पाले जानकारी दिनुभयो । समशितोष्ण हावापानीमा शान्त वातावरण रहेकाले ध्यानका लागि ओख्रेनी उपयुक्त रहेको निर्माण समितिको भनाई छ ।

गुरु खण्डो लम्जुङ शेर्पाको योजनामा गत चार वर्षदेखि गुम्बा निर्माण कार्य थालिएको थियो । कार्यक्रम संयोजक शेर्पाका अनुसार ध्यान केन्द्र निर्माणमा ६० लाख रुपैयाँ भन्दा बढि खर्च भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाको ६ लाख रुपैयाँसहित स्थानीय बौद्ध धर्मावलम्बीहरु, समाजसेवीहरुको आर्थिक सहयोगमा ध्यान केन्द्र निर्माण सम्पन्न भएको हो । सहयोगीहरुलाई उद्धघाटनको क्रममा सम्मान गरिएको छ ।

यस गुम्बाभित्र एकैपटक ४० जनासम्मले ध्यानमा बस्न सक्ने क्षमता छ । ध्यान केन्द्रले शेर्पा समूदायको भाषा, धर्म र संस्कृतिको प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।