कोरोना विशेष

३ हजार ७५० मा कोरोना संक्रमण पुष्टि, ५ हजार २२५ जना निको


काठमाडौँ – २४ घण्टामा देशभर ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १५ हजार १८२ पीसीआर परीक्षणमा ९५९८ र ५५८४ एन्टिजेन गरी कुल ३ हजार ७५० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५२५ रहेको छ । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख २० हजार ८१६ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ६७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३०५ पुगेको छ ।