विदेश

३७ वर्षीया महिलाले एकैपटक १० सन्तानलाई जन्म दिइन्


काठमाडौँ – दक्षिण अफ्रिकामा एक महिलाले एकैपटक १० वटा बच्चालाई जन्म दिएकी छन् । ३७ वर्षीया गोसियम थमारा सिथोल नाम गरेकी ती महिलाले राजधानी प्रिटोरियाको एक अस्पतालमा तीन छोरी र सात छोरालाई एकैसाथ जन्म दिएको बताइएको छ ।

यसअघि पनि उनले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी थिइन् ।