कोरोना विशेष

२ हजार ७४५ मा कोरोना संक्रमण पुष्टि, ४१ जनाको मृत्यु


काठमाडौँ – २४ घण्टामा देशभर २ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १३ हजार २९० पीसीआर परीक्षणमा १ हजार ६८१ र १ हजार ६४ एन्टिजेन गरी कुल २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ हजार १८७ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४१ जनाको मृत्यु भएको छ ।