कोरोना विशेष

२ हजार ४०७ मा कोरोना संक्रमण पुष्टि, ३ हजार ९९४ जना निको


काठमाडौँ – २४ घण्टामा देशभर २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १२ हजार ४०६ पीसीआर परीक्षणमा १ हजार ६९४ र ७१३ एन्टिजेन गरी कुल २ हजार ४०७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ९९४ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४६ जनाको मृत्यु भएको छ ।