Uncategorized

१२ वर्षपछि इजरायली प्रधानमन्त्री नेतन्याहुको बिदाइ


काठमाडौँ – बेन्ज्यामिन नेतन्याहु इजरायली प्रधानमन्त्रीको पदबाट बिदा भएका छन् । उनी पछिल्लो १२ वर्ष इजरायलमा प्रधानमन्त्रीका रुपमा रहेका थिए ।

इजरायली संसद्ले नयाँ गठबन्धनको सरकारको पक्षमा बहुमत दिने निर्णय गरेसँगै लामो समयदेखि इजरायलमा सत्ता कब्जामा लिएका बेन्यामिनले प्रधानमन्त्री पदबाट बिदा हुन परेको हो । तर, अन्तिम समयसम्म पनि बेन्यामिनले हार मानेका थिएनन् । प्रतिनिधिसभामा विपक्षी गठबन्धनलाई ६० सांसदको साथ मिलेको थियो । बेन्यामिनलाई ५९ सांसदले साथ दिएका थिए । इजरायलमा अहिलेसम्म सबैभन्दा लामो समयसम्म सत्ता सम्हालेका प्रधानमन्त्री अब बेन्यामिन नेतन्याहु बनेका छन् ।


अहिले पनि आठ दलको गठबन्धन बनाएर उनलाई सत्ताबाट बाहिर निकालिएको हो । योसँगै अब इजरायलमा यामिना पार्टीका दक्षिणपन्थी नेता नेफ्टाली बेनेटले इजरायलको नयाँ प्रधानमन्त्रीका रुपमा सपथ लिनेछन् । प्रतिनिधिसभामा उनको पार्टीका ६ सांसद मात्र रहेका छन् । तर, विपक्षी गठबन्धनले उनलाई आफ्नो नेता चुनेको छ । ४९ वर्षका नेफ्टाली कुनै समय नेतन्याहूसँगै निकै नजिक थिए । उनले लिकुड पार्टी छोेडेर यामिना पार्टी खोलेका हुन् । यही पार्टीबाट जितेर उनी २०१९ मा सांसद चुनिएका थिए ।