खेलकुद

स्पेनका कप्तान बुस्केट्सलाई कोरोना पुष्टि


काठमाडौँ – यूरो कप सुरु हुन चार दिन बाँकी रहँदा उपाधि दाबेदार मानिएको स्पेनलाई ठूलो झट्का लागेको छ । स्पेनका कप्तान सर्जियो बुस्केट्सलाई कोरोना भाईरस पुष्टि भएको छ ।

आरएफइएफका अनुसार स्पेनको स्वास्थ्य मन्त्रालय र युइएफएको प्रोटोकलअनुसार आइतबार टोलीको सबै खेलाडी तथा पदाधिकारीको पीसीआर विधिबाट कोरोना परिक्षण गरिदा उनमा मात्रै कोरोना पुष्टि भएको छ । कोरोना देखिएपछि ३२ वर्षीय मिडफिल्डर सेल्फ आईसोलेसनमा बसेका छन् ।

कोरोना पोजेटिभ देखिएसँगै उनले यूरोकपको धेरै खेल गुमाउन सक्ने छन् । यसले उसको व्यक्तिगत खेलमा प्रभाव त पर्छ नै यसको असर स्पेनलाई पर्ने छ । किन भने उसले आफ्नो पहिले रोजाईको कप्तार र अनुभवी खेलाडी बिना नै खेल खेल्नु पर्ने छ ।
बुस्केट्सले यूरो कप अघिको मैत्रीपूर्ण खेल पनि गुमाउने भएका छन् । स्पेनले मंगलबार लिथुनियासँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

यूरो कपमा स्पेन समूह ‘ई’ मा रहेको छ । स्पेनले स्विडेनसँग जुन १४ मा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।