विदेश

सैन्य क्षमता बिस्तार र चुनौतिलाई लिएर चीनलाई नेटोको चेतावनी


काठमडौँ – चीनले गम्भीर सैन्य चुनौती प्रस्तुत गरेको भन्दै नेटोका नेताहरूले चेतावनी दिएका छन् । ब्रसेल्समा भएको नेटोका नेताहरूको बैठकले चीनको गतिविधिलाई प्रणालीगत चुनौती भनेको छ ।

चीनले तीव्र गतिमा परमाणु क्षमता बिस्तार गरिरहेको र आफ्ना सैनिकको आधुनिकिकरणका सम्बन्धमा अपारदर्शी रहेको नेटोका नेताहरूले बताएका छन् । चीनले रुसी सैनिकसँग सहकार्य गरेको आरोप पनि नेटोले लगाएको छ । नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले चीन सैन्य तथा प्राविधिक शर्तहरुमा नेटो नजिक आएको भन्दै चेतावनी दिएका छन् ।

तर, नेटो चीनसँग नयाँ शित युद्धको पक्षमा नरहेको उनले बताए । नेटो युरोप र उत्तर अमेरिकाका ३० शक्तिशाली देशहरूबीचको सैन्य तथा राजनीतिक सहकार्यको संगठन हो । पछिल्ला वर्षहरुमा नेटोका नेताहरू बिचमै संगठनको उद्देश्य र कोषको स्रोतलाई लिएर विवाद हुन थालेको छ ।
०००