बिजनेस

सुनको मूल्यमा गिरावट


नेपाली बजारमा सुनको मूल्यमा आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा सात सयले घटेको हो ।

आइतबार पनि सुनको मूल्य तोलामा ६ सयले घटेको थियो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य ९२ हजार ७ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा १३६५ रहेको महासंघले जनाएको छ ।