बिजनेस

सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त


काठमाडौँ – सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिल पोखरेल नियुक्त भएका छन । बैंक संचालक समितिको बिहीबार बसेको बैठकले पोखरेललाई चार वर्षको लागि सीईओ नियुक्त गरेको हो ।

उनीभन्दा पहिले सीईओको रुपमा कार्यभार सम्हाल्दै आएका गोविन्द गुरुङले राजीनामा दिएपछि निमित्त सीईओ भएर काम गरेका पोखरेल नयाँ कार्यभार सम्हाल्ने भएको हो ।

पोखरेलले तत्कालिन एनआईसी, नविल, स्टाण्र्डर्ड चाटर्ड बैंक हुँदै म्यानमारको एसियन ग्रिन डेभलपमेन्ट बैंकमा गरी ३० वर्ष बैंकिङ क्षेत्रमा काम गरिसकेका छन ।