समाज

सर्लाहीमा मदिरा सेवनबाट ८ जनाको मृत्यु


काठमाडौँ – सर्लाहीमा मदिरा सेवनबाट तीन भारतीय नागरिक सहित आठ जनाको मृत्यु भएको छ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-५ स्थित पडरियामा मदिरा सेवनबाट आठ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा स्थानीय २४ वर्षीय बलिन्द्र दास, ३९ वर्षीय दिनकर दास, ५० वर्षीय रामईश्वर पासवान, ६५ वर्षीय कैलु दास र ५० वर्षीय जुगेश्वर माझी रहेका छन् । स्थानीय चन्दन इट्टा उद्योग र नेपाल कट्टा इट्टा उद्योगमा काम गर्ने भारत उत्तर प्रदेशका दाताराम निसाद, सर्वेस राम निसाद, र शिवसागर निसादको मृत्यु भएको ब्रह्मपुरी गाउँपालिका अध्यक्ष विनोद साहले जानकारी दिनुभयो ।