देश

संस्कृत युवा मञ्चद्वारा रक्तदान कार्यक्रम,१०८ पिन्ट रगत संकलन


काठमाडौँ – कोरोना महामारीमा रगत अभाव हुन नदिन संस्कृत युवा मञ्च नेपालले पोखरामा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रमबाट १०८ पिन्ट रगत संकलन भएको छ ।

‘घर आँगनबाटै रक्तदान हाम्रो अभियान’ नारासहित संस्थाले कास्कीको काहुँखोला, फूलबारी र सिमलचौरमा रगत संकल्न कार्यक्रम गरेको संस्थाका अध्यक्ष हरिशरण पौडेलले बताए । रक्तदाताहरुको सक्रिय सहभागीले कार्यक्रम सफल भएको र उल्लेख्य मात्रामा रक्त संकल्न भएको उपाध्यक्ष रामकृष्ण अर्यालले बताए ।

एकै दिनमा सय पिन्टभन्दा बढी रगत सङ्कलन हुनु अत्यन्त प्रशंसनीय कार्य भएको रक्तसञ्चार केन्द्र कास्कीका प्रमुख अर्जुन ज्ञवालीले बताए ।