खेलकुद

वेल्स र स्वीट्जरल्याण्डले खेले बराबरी


काठमाडौँ – युरो कप फुटबलमा वेल्स र स्वीट्जरल्याण्डले बराबरी खेलको छ । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेलेपछि उनीहरुले अंक बाँढेका हुन् ।

बाबु स्टेडियममा शनिबार भएको खेलमा समूह ए मा रहहेका स्वीट्जरल्याण्डले शुरुवाति अग्रता बनाए पनि त्यसलाई जोगाउन भने सकेन । पहिलो हाफ गोलरहित बराबरी खेलेकोमा दुवै गोल दोस्रो हाफमा आएको थियो ।


खेलको ४९ औं मिनेटमा स्वीट्जरल्याण्डका लागि ब्रिल डोनाल्डो एम्बेलेले गोल गरेका थिए । उनले जर्दान सकरीको कर्नर प्रहारलाई गोलमा परिणत गरेका थिए । एम्बेलो अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो गोल गरेका हुन् । खेलमा स्वीट्जरल्याण्डले पकड जमाए पनि खेलको ७४ औं मिनेटमा वेल्सले बराबरी गोल फर्कायो । उसका लागि किफर मोरले गोल गरेका थिए । बराबरीसँगै दुवै टिमको एकएक अंक भएको छ ।