समाचार

वीर अस्पतालमा ओपीडी सेवा सुचारु


काठमाडौँ – कोभिड–१९ को दोस्रो लहर बढेसँगै वीर अस्पतालको जनरल ओपीडी सेवा बन्द गरिएकोमा मंगलबारदेखि सो सेवा पुनः सुचारु गरिएको छ ।
वीरमा भर्ना भएका सबै कोभिड संक्रमितलाई यही साताभित्र नयाँ सर्जिकल भवनमा सारेर उपचार गरिने अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा.जागेश्वर गौतमले बताए । वीर र राष्ट्रिय ट्रमा सेन्टर दुवैको नियमित सेवा यही हप्ताभित्र सुरु गर्ने अस्पताल प्रशासनको योजना छ ।

अहिले वीरमा १५३ र ट्रमा सेन्टरमा ४० जना कोभिड संक्रमितको उपचार भइरहेको छ । वीर अस्पतालको पुरानो भवनमा १५ वटा आईसीयू सञ्चालनमा छन् भने नयाँ भवनमा १८ वटा आईसीयू सञ्चालन गर्ने तयारी गरिएको छ ।