खेलकुद

विश्वकप छनौटमा आज नेपाल र चाईनीज ताईपेई भिड्दै


काठमाडौँ – सन् २०२२ कतारमा हुने विश्‍वकप र २०२३ मा चीनमा हुने एसिया कप फुटबलका लागि अहिले छनौट खेल भईरहेको छ । त्यसै अन्तर्गत नेपाल रहेको समूह बी को दोस्रो चरणको खेल आजदेखि कुवेतमा सुरु हुँदैछ ।

नेपालले दोस्रो चरणको आफ्नो पहिलो खेल आज चाइनिज ताइपेईसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने ९ः४५ मा शुरु हुनेछ । नेपाल अबदुल्लाह अलमुताइरीको प्रशिक्षण र किरण चेम्जोङको कप्तानीमा युवा खेलाडीको बाहुल्यता रहेको टोलीका साथ मैदानमा उत्रिनेछ ।

अष्ट्रेलिया, कुवेत र जोर्डन विश्वकप छनोटको तेस्रो चरण पुग्ने होडमा छन् । अहिलेसम्म खेलेका सबै चार खेल जितेको अस्ट्रेलिया १२ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ । त्यसैगरी ५ खेलबाट कुवेत र जोर्डनको समान १० अंक छ । नेपालले एक जीतबाट ३ अंक जोडेको छ र चाईनीज ताईपेई पाँचै खेल हार्दा अंकविहीन छ ।

नेपाललाई सन् २०२२ को कतार विश्वकप छनोटको अर्को चरणमा पुग्‍न कठिन छ । चाईनीज ताईपेई विश्वकपको तेस्रो चरणमा पुग्‍ने होडबाट बाहिरिसकेको छ । नेपाल अंकगणितीय रुपमा त्यो होडमा कायम छ । यद्यपि नेपालको एसियन कपमा छनौट हुने आशा भने जीवितै रहेको छ ।

समूह बी मा नेपालसहित बलियो टिम अष्ट्रेलिया, कुवेत, जोर्डन, चाईनीज ताईपेई रहको छ । नेपालले पहिले खेल कुवेतसँग उसैको घरेलु मैदानमा ७–० ले हारेको थियो । दोस्रो खेलमा भने ताईपेईलाई उसैको घरमा २–० ले स्तब्ध बनाएके थियो । तेस्रो खेलमा अष्ट्रेलियासँग ५–० ले पराजित भएको थियो भने जोर्डनसँग ३–० ले पराजित भएको थियो । भुटानमा भएको खेलमा कुवेतसँग १–० ले हारेको थियो । नेपालले अब मात्र बाँकी तीन खेल खेल्न बाँकी छ । जुन यसै भ्रमणमा खेल्ने छ ।