समाचार

विज्ञापनमा एकद्वार नीतिप्रति विज्ञापन संघको विरोध


काठमाडौँ – नेपाल विज्ञापन संघ (आन) ले विज्ञापन व्यवसायीलाई उपेक्षा गरी एक एकद्वार नीति ल्याउन लागिएको भन्दै त्यसको विरोध गरेको छ ।

आज नेपाल विज्ञापन संघका अध्यक्ष सोम धितालले विज्ञापन बोर्डले ऐन, कानुन तथा निर्देशिका बनाउँदा विज्ञापन एजेन्सीको भुमिकालाई खुम्च्याउने गरी बनाउँदै गरेको भन्दै ऐन, कानुनलाई विज्ञापन व्यवसायीमैत्री बनाउनुपर्ने बताउनुभयो । बोर्डले सरकारी विज्ञापन दामासाही तरीकाले बाड्नुपर्ने धारणा राखेकाले सञ्चारमाध्यमको प्रभाव, पहुँचका आधारमा दिनुपर्ने उहाँले बताउनुभयो ।

नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष रविन्द्र रिजालले सरकार अथवान नीजि क्षत्रले गर्ने विज्ञापन सम्बन्धी काम विज्ञापन व्यवसायी मार्फत जाँदा नै मिडिया हाउसलाई सहज हुने बताउनुभयो ।

आगामी दिनमा विज्ञापन व्यवसायलाई अप्ठ्यारो पार्ने काम गरिए कानुनी बाटो समात्ने पनि आनले जनाएको छ भने संघर्षको कार्यक्रम गर्ने चेतावनी पनि दिएको छ ।