समाचार

‘वाईवाई ग्लोकल टिन हिरो’ को आवेदन खुल्ला


काठमाडौँ – वाइवाई ग्लोकल टिन हिरो नेपाल सातौं संस्करणको लागि आवेदन खुलेको छ । किशोर किशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गर्न यो कार्यक्रम हुन लागेको हो ।
आयोजकका अनुसार यो किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम हो । गत वर्ष झैँ यस वर्षपनि ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा सेप्टेम्बर १, २०२१ मा हुने अनलाइन अवार्ड महोत्सब र सम्मेलन मार्फत घोषणा गरिने ग्लोकल प्रा।ली।ले जनाएको छ।

किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाइ वाइ ग्लोकल टिन हिरो, ग्लोकल प्रा।ली। को एक कार्यक्रम हो। वाइ वाइ ग्लोकल टिन हिरो एक यस्तो मञ्च हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्छ ।

यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिनेछ। नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो।

हालसम्म नेपालका ६ किशोर किशोरीहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो ईन्डिया र श्रीलंकाबाट एकएक जना सम्मनित भएका छन्। साथै २० अण्डर २० छनोट गरेर हाल सम्म ९१ जनालाई सम्मानित गरिएको छ । ग्लोकल टिन हिरोलाई दक्षिण एसियाली राष्ट्रबिच प्रचार गने लक्ष्य लिएको ग्लोकलले जनाएको छ ।

सेप्टेम्बर १ मा ग्लोकल टिन हिरोे नेपाल अन्लाइन आयोजना गरिने भएको छ। शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सन्चालन गरिनेछ । ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ । आवेदन खोल्ने पहिलो चरणदेखि ग्लोकल टिन हिरो नेपालको घोषणा सम्पूर्ण अनलाइन नै सन्चालन हुनेछ ।

अन्तिम स्क्रिनिङ र साक्षात्कार अनलाइन मार्फत हुनेछ र निर्णायक टोलीमा युरोपियन युनियनका राजदूत नोना डेप्रेज, गोल्डस्टारको मार्केटिङ, ब्रान्डि र व्यवसाय विकास निर्देशक, विधुसी राणा, सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरी, नेपालका लागि कोका कोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी, र ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिंग कम्पनीका अध्यक्ष,सौरभ ज्योति, रहेका छन् ।

ग्लोकल प्रा लिले शीर्षक साझेदारको रूपमा वाइ वाइसँग साझेदारी गरेको छ, रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास, युनेस्को र युरोपेली संघ, पहल साझेदारको रूपमा द् सोल्टी होटेल, पार्ट्नरका रुपमा कोका कोला, होन्डा, टोयोटा, पंचकन्या, डोल्मा, डिश होम, डब्ल्यूडब्ल्यूएफ नेपाल, द् ब्रिटिश कलेज, आतिथ्य पार्टनरः कोजी होम बीएन्डबी, सिद्धार्थ बिजनेश ग्रुप अफ हसपीट्यालीटी ,एयरलाइन्स पार्टनरः टर्किर्श एयरलाइन्स, शिक्षा पार्ट्नरमा किङ्स कलेज, विद्या संस्कार र चेल्सी कलेज, पी आर पार्ट्नरमा भी– चित्र, टेलिभिजन पार्ट्नरमा योहो टेलिभिजन र समर्थकमाः वर्ल्ड लिंक, ईसेवा, गेनेसे क्लाउड एकेडेमी, आईसेक, क्विक्स र भ्यू योर चोइस रहेका छन् ।

ग्लोकलले राष्ट्रिय विकासका बाधाहरु र संसारका विविन्न मुद्दाहरुलाई बुझ्न किशोरकिशोरीहरुको लागि यो एक मौकाको रुपमा ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन आयोजना गर्न लागेको छ। यस सम्मेलनमा राष्ट्रिय तथा अन्तरास्ट्रिय किशोरकिशोरीहरुको अनलाइन उपस्थिती रहने छ्र ।

सवर्षको सम्मेलन ग्लोकलको चौथो संस्करण हुनेछ र देश तथा विदेशका किशोर किशोरिहरुको एकै मन्चमा उपस्थित हुनेछन् । उक्त सम्मेलनमा किशोरकिशोरीको अनुभव, विचार छलफल तथा ३ छुट्टाछुट्टै विषय उद्यमशीलता, शसक्तिकरण तथा सामाजिक दृष्टिकोणमा प्यानल छलफल गरिनेछ । उक्त कार्यक्रम पनि अनलाइन नै सन्चालन गरिनेछ र यस कार्यक्रमको आवेदन खोलिएको पत्रकार सम्मेलन मार्फत जानकारी गरिएको थियो । निशुल्क आवेदन www.glocalteenhero.com  मार्फत भर्न सकिन्छ ।