खेलकुद

रोनाल्डोको तीन सेकेन्डको हर्कतले चार अर्ब डुब्यो : एकैछिनमा विश्व हल्लाईदिने कस्तो करामत


काठमाडौँ – विश्व चर्चित फुटबल खेलाडी हुन् क्रिस्टीयानो रोनाल्डो । जसको खेलमा विश्व नै प्रभावित छ । रोनाल्डोका साना साना हर्कतहरुले पनि विश्वको ध्यान खिचिरहेको हुन्छ । त्यस्तै एक हर्कत जसले तीन सेकेन्डमै कोकाकोलाले झण्डै चार अर्ब बढी नोक्सान ब्यहोर्नु परेको छ ।

युरोकप अन्तर्गत मंगलबार राति पोर्चुगल र हंगेरीबीचको खेलअघि पत्रकार सम्मेलन तय भएको थियो ।दुवै टोलीका कप्तान र प्रशिक्षकले आफ्ना भनाइराख्ने कार्यक्रममा रोनाल्डो ड्यासमा उपस्थित भएका थिए । उनको अघि दुईवटा कोकाकोला र मिनरल वाटरका बोतल थिए । जहाँ रोनाल्डोले कोकाकोलाको बोतल हटाए र पानीको बोतल अघि सारे । र भने ड्रिङक वाटर। करिब तीन सेकेन्डमै सकिएको रोनाल्डोको यहीँ हर्कतले कोकाकोलाले चार अर्ब बढी डुबाउनु परेको हो ।

जसकाकारण कोकाकोलाको सेयर भाउ १ दशमलव ६ प्रतिशतले घटेको छ । कोकाकोलाको प्रतिकित्ता ५६. दशमलव एक शुन्यबाट ५५ दशमलव दुईदुई डलरमा झरेको छ भने कम्पनीको मार्केट भ्यालु २४२ बाट २३८ डलरमा झरेको छ ।जबकि कोकाकोला प्रतियोगिताको मुख्य अफिसियल पार्टनर बनेको थियो ।

रोनाल्डोले आफू फिटनेसप्रति सचेत भएकाले कोल्ड ड्रिंग्सलाई प्राथमिकता नदिएको जनाएका थिए । उनले शरीर राम्रो बनाउने एक मात्र माध्यम सफा पानी भएको सचेतना पनि दिए । हुनत् रोनाल्डोमात्रै नभएर धेरै विश्व चर्चित खेलाडीले यस्ता हर्कत देखाउने गरेका छन् । फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले पनि रोनाल्डोले जस्तै गरी हेनकेन बियरको बोतल हटाएका छन् । योसंगै अब प्रायोजकले राखेको पेयपदार्थको बोतल हटाए जरिवाना हुने नयाँ नियम लागू यूईएफएले लागु गरेको छ ।

विश्व चर्चित खेलाडीहरुलाई धेरैले रोलमोडल मानेका हुन्छन् । उनीहरुका सानासाना हर्कतहरुलाई पनि अनुसरण गर्ने भएकाले त्यसले तत्कालै असर देखाउन गरेका छन् ।