देश

योहो टेलिभिजन तेस्रो वर्षमा प्रवेश


काठमाडौँ– योहो टेलिभिजन ‘एचडी’ दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । गणतन्त्र दिवस र सगरमाथा दिवसको अवसर पारेर नेपालको पाँचौँ एचडी टेलिभिजनको रूपमा योहो टेलिभिजनको प्रसारण आरम्भ भएको थियो ।

तेस्रो वार्षिकोत्सवको अवसरमा टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले छोटो अवधिमै उचाइ लिन सफल भएको भन्दै दर्शक, विज्ञापनदाता तथा शुभचिन्तकप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले योहो टेलिभिजनले पत्रकारिताको मूल्य र मान्यताभित्र रहेर टेलिभिजनहरूको भिडमा आफूलाई फरक देखाउने प्रयास गरिरहेको बताउनुभएको छ ।

‘भ्रष्टाचार र अनियमिताविरुद्ध हामीले बितेको वर्षमा खबरदारी गरेका छौँ’, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, ‘आगामी यात्रामा हाम्रो ध्यान संविधानले प्रत्याभूत गरेका अधिकारको कार्यान्वयनका लागि खबरदारी गर्नु हुनेछ ।’
तेस्रो वर्ष प्रवेशको अवसरमा टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारीले नागरिकलाई सुसूचित गर्ने र अनियमितता, भ्रष्टाचारविरुद्ध खबरदारी गर्ने दायित्वबाट पछि नहट्ने प्रतिबद्धता जनाउनुभएको छ ।

राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र आमनागरिकको स्वतन्त्रतालाई अझै बलियो पार्न पनि भूमिका खेल्ने उहाँको भनाइ छ ।
पढ्न, हेर्न र सुन्न सकिने योहो टेलिभिनज, योहो खबर डटकम पत्रकारिताको मूल्य र मान्यताभित्र रहेर इमान्दार प्रयासबाट टेलिभिजन, अनलाइन मिडियाहरुको भिडमा आफूलाई फरक देखाउने प्रयास गरेको छ ।

तेस्रो वर्षको अवधिमा दैनिक बिहान ७ बजे १० बजेसम्मा समाचार बुलेटिन समसामयिक विषयबस्तुमा ‘टक शो’लाई नियमित बनेका छन् । अनलाइन समाचारमा पनि भिडियो प्राथमिकतामा छ । त्यसैले फेसबुक लाइभ र युट्युबमा दर्शक, स्रोताको संख्या बढ्दै गएको छ । तेस्रो वर्षको अवधिमा विभिन्न माध्यमबाट भिजिट गर्ने दर्शक, स्रोता र पाठक अपेक्षाकृत बढेको छ । विभिन्न माध्यमबाट प्राप्त सुझावलाई आगामी दिनमा व्यवहारिक रुपमा कार्यान्वयन गर्नेछौं ।

आउँदो यात्रामा हाम्रो ध्यान संविधानले प्रत्याभूत गरेका अधिकारको कार्यान्वयनका लागि खबरदारी गर्नुहुनेछ । राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र आमनागरिकको स्वतन्त्रतालाई अझै बलियो पार्न पनि हाम्रो कलम अझ तिखोसँग चल्नेछ ।