मौसम

यस वर्ष मनसुन चाँडै हुने, बुधबारसम्ममा आउन सक्ने सम्भावना


काठमाडौँ – यस वर्ष विगतको वर्षमा भन्दा केही दिन अगाडी नै मनसुन नेपाल आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसदविद् निराजन सापकोटाका अनुसार यस वर्ष जेठ २६/२७ गते नै पूर्वी नेपालकोे जिल्लामा मनसुन प्रवेश गर्ने सम्भावना रहेको छ।

नेपालको छिमेकी देश भारतको पश्चििम बंगाल र उत्तरपूर्वी भारतमा पनि गत वर्ष भन्दा यस वर्ष पहिले नै मनसुन पसेका कारण नेपालमा पनि त्यही हुन सक्ने उनले बताएका हुन् । ‘भारतको मौसम विभागले आइतबार नै पश्चिम बंगाल र उत्तरपूर्वी भारतमा मनसुन पुगेको जनाएको छ,’ सापकोटाले भने,‘हामीले नेपालमा पनि कहिले पस्छ भनेर हेरिरहेका छौं। बुधबार(बिहीबारतिर आउँछ कि भन्ने हाम्रो अनुमान छ।’

जुन ३ मा भारतको केरला आइपुगेको मनसुन नेपाल आइपुग्न १० दिनजति लाग्ने अनुमान गरिएको थियो। तर उत्तरपूर्वी भारतमा नै चार/पाँच दिन पहिलानै मनसुन आइपुगेकाले नेपालमा पनि अलि छिटो आउन लागेको हो।

महाशाखाका अनुसार यसपालि मनसुनमा नेपालमा सरदरभन्दा बढी वर्षा हुनेछ। ‘आगामी मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका अधिकांश स्थानहरुमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भू–भागहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५-६५% (हिमाली भू–भागहरुमा ५५-६५%, उच्च पहाडी भू-भागहरुमा ४५-५५५ र चुरे तथा महाभारत क्षेत्रमा ३५-४५%) आँकलन गरिएको छ,’ महाशाखाले भनेको छ,‘त्यसैगरी लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई र प्रदेश नं २ को पश्चिमी भू-भागमा सरदर वर्षा हुने सम्भावना ३५(४५५, र प्रदेश नं १ को तराई र प्रदेश नं २ का पूर्वी जिल्लाहरुमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५/४५५ आँकलन गरिएको छ।’

जल तथा मौसम विभागको हावापानी विज्ञान महाशाखाले यसपालिको नेपालमा औसतभन्दा बढी वर्षा हुने बताएको छ। महाशाखाकी प्रमुख इन्दिरा
कँडेलका अनुसार दक्षिण एसियाली मुलुकका मौसमविद् र वैज्ञानिकहरूको भेलाबाट हरेक वर्ष यो क्षेत्रमा कस्तो मनुसुनी गतिविधि हुन्छ भन्ने आँकलन गरिन्छ। सबै ८ देशका मौसमविदसँगै उक्त भेलामा अरू देशका पनि मौसमविद् र वैज्ञानिकहरू सहभागी हुन्छन्। त्यहाँ सबैले आ(आफ्नो देशमा कस्तो मनसुनी गतिविधि हुन सक्छ भनेर कुरा राख्छन्,’ कँडेलले भनिन्,‘त्यसपछि यो क्षेत्रमा कुनै वर्षको मनसुन कस्तो हुन्छ भन्ने पूर्वानुमान सार्वजनिक गरिन्छ।’ यसपालि उक्त भेला भर्चुअल रूपमा भएको थियो।