मौसम

मौसममा सामान्य बदली


काठमाडौँ – आइतबार बिहानैदेखि काठमाडौं उपत्यकादेखि अन्य केही जिल्लाहरुमा मौसम पहिलेको तुलनामा सामान्य परिवर्तन भइ केही तराईका भू–भागमा गर्मी महसुस भएको छ ।
राष्ट्रिय जल तथा मौसम पुर्वानुमान महाशाखाले आज देशभर मौसमको प्रभावबारे विवरण सार्वाजनिक गर्दै उच्च हिमाली जिल्लाहरुमा भने हल्का वर्षा र हावाहुरीसहित चट्याङको पनि सम्भावना रहेको बताइएको छ । साथै, दिउँसो पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ । त्यसैगरी राति पनि पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । साथै, प्रदेश १ का एक–दुइ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।